बागलुङ, २२ जेठ । बागलुङ नगरपालिकाले नगरभित्र भएका निर्माणका कामको गुणस्तर कायम गर्नका लागि नागरिक स्तरका गुनासालाई सम्बोधन गर्दै आइरहेको छ ।
नगरपालिकाभित्र निर्माण हुने हरेक विकास निर्माणका कामहरुमा जनस्तरबाट आउने सल्लाह सुझाव तथा गुनासाहरुलाई सम्बोधन गर्नकालागि नगरपालिका सक्रियतापूर्वक अगाडि बढीरहेको हो । राज्यका निकायका लगानीमा हुने हरेक विकास निर्माणका काममा जनताले गर्ने प्रतिक्रियालाई सम्बोधन गर्दै अगाडि बढीरहेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । केही दिन अगाडि बागलुङ नगरपालिका वडा नं. ३ भलाकाकुरा धैरेनीमा बन्दै गरहेको सडकको नाली गुणस्तर ठिक नभएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्ट व्यक्त गरेको थाहा पाएपछि नगरप्रमुख पौडेल वडा अध्यक्ष, प्राविधिक तथा निर्माणमा संलग्नहरुसँगै उक्त स्थानमा पुगेर कामको निरीक्षण गरेका थिए ।
नगरप्रमुख पौडेल, वडा अध्यक्ष लक्ष्मी बास्कोटा सहितको टोलीले अनुगमन गर्दा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो गुणस्तरहिन काम नभएृको पाइएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताए । प्रदेश सरकारको सांसद विकास कोषको ६० लाख र बागलुङ नगरपालिकाको समपुरक कोषको ४० लाख रुपियाँ गरी एक करोड रुपियाँको लागत रहेको उक्त सडक निर्माणका लागि विएम निर्माण सेवाले ९२ लाख २० हजार ४३७ रुपियाँमा ठेक्का पाएको थियो ।
सडक कालोपत्रे गर्नका लागि निर्माण गरिएको नालीमा माटो बगेको फोटो सार्वजनिक भएपछि आफूले प्रत्यक्ष रुपमा गएर उक्त क्षेत्रको अनुगमन गरेको नगरप्रमुख पौडेलले बताए । उक्त स्थानमा ढलान गरेकै दिन पानी परेका कारण ढलान पानीले बगाएको पाइएको र सोही समयको फोटो सामाजिक सञ्जालमा प्रचार भएपनि पानीले असर गरेको ढलान पुनः गरेको पाइएको पौडेलले बताए ।
निर्माण कम्पनीका ठेकेदार विमलेश आचार्यले ढलान गरेकै दिन मजदुरले नाली नढाकी छाडेको र सोही दिन पानी परेका बेलाको फोटो राखेर सामाजिक सञ्जालमा गुणस्तरहिन काम भएको प्रचार भएको बताए । जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि एक महिना म्याद थप भएर काम भइरहेको आचार्यले बताए । आफूले इस्टीमेट अनुसारनै निर्माणको काम गरेको भएपनि सामाजिक सञ्जालको प्रयोग गरेर निर्माण कम्पनीलाई बद्नाम गराउँने काम भएको आचार्यले आरोप लगाए ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१