विनयी त्रिवेणीका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
17848 DOH Testing Lab

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको १० जना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार कोरोना प्रयोगशाला भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।त्यसैगरी १ सय ३२ जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ ।

पूर्वी नवलपरासीको स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार विहीबारसम्म पूर्वी नवलपरासीमा लकडाउन शुरु भए यता स्वाब संकलन गरी पिसिआर जाँच गरिएकोमा ३ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ती मध्ये १ जना काठमाडौंका सशस्त्र प्रहरी अस्पतालमा उपचार पछि निको भएर फर्किएका छन् भने पाँच जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डा र ४ जनाको चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी पूर्वी नवलपरासीमा २ हजार पाँच सय २ जनाको आरडिटि टेष्ट गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width