लकडाउनकाे मोडालिटी बारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्ने

एजेन्सी
जेठ २२, २०७७
Cabinet-meeting-02

पोखरा, २२ जेठ । लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने एक मन्त्रीले बताए । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए । छलफलमा विज्ञहरूले लकडाउन खुकुलो पार्नु पर्ने धारणा राखेका थिए।

व्यवसायीहरूले पनि देशका विभिन्न भागमा व्यवसाय खोल्न सुरु गरेका छन्। सरकारले पछिल्लो समय थपेको लकडाउनको समय जेठ ३२ गते सम्म रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै