१६ वर्षे किशाेरमा काेराेना, गण्डकीमा ३८ संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७७
corona-5

पाेखरा, २१ जेठ । गण्डकीमा थप १ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ।

नवलपरासी बर्दघाट सुस्त पूर्व बुलिङटारका १६ वर्षका किशाेरमा काेराेना भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ।

कपिलवस्तुकाे बाडगंगास्थित सिद्धार्थ क्याम्पसकाे क्वारेन्टाइनमा रहेका उनकाे स्वाब परीक्षणमा मंगलबार राति काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाएका छन्। उनकाे भरतपुर अस्पतालमा उपचार भैरहकाे छ।

याे सँगै गण्डकीमा कुल संक्रमितकाे संख्या ३८ पुगेकाे छ। ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै