पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजर र मास्क सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७७
p1

पोखरा, १९ जेठ । तमु धिं युकेले युकेमा रहेका तमु लगायत नेपालीलाई संक्रमणबाट सुरक्षितका लागि विभिन्न जागरण कार्यक्रम र सहयोग गरेको छ ।

तमु धिं युकेका विभिन्न क्षेत्रीय इकाईहरु मध्ये एक क्रियाशील साउथ इष्ट रिजनल तमु धि युके पनि जुटेको छ, यस्तो अभियानमा । कोरोनाको महामारी कहिलेसम्म कसैले बताउन सक्ने अवस्था छैन। राहत प्रदान गरे केही दिनमा सकिएला तर दीर्घकाल सुविधाका लागि सोंच जरुरी छ। त्यसैले विरामीको उपचार गर्ने, उपचारमा खटिने, संक्रमितलाई उपचार गर्नुपर्ने चिकित्सक, नर्स एंव सहयोगीहरु सुरक्षित रहनुपर्दछ भनि साउथ इष्ट रिजनल तमु धिं युकेले आज फ्रन्टलाईनरमा रहने चिकित्सक, नर्स एव स्वास्थ्य सहयोगीको सुरक्षाका लागि सेनिटाइजर र मास्क सहयोग हस्तान्तरण गरेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्य र डिन डा.नरेन्द्र विक्रम गुरुङलाई साउथ इष्ट रिजनल तमु धिं युकेका उपाध्यक्ष पार्वती गुरुङ, कार्यसमिति सदस्य धनज्योति गुरुङ, हरिकाशी गुरुङ, धर्मवती गुरुङ र धनु घलेले १ लाख बराबरको सेनिटाइजर र मास्क सहयोग हस्तान्तरण गरेका हुन् ।

राहत ग्रहण गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले कोरोनाले अत्यन्तै प्रभावित पारेको मुलुक युकेदेखि साउथ इष्ट रिजनल तमु धिंले चिकित्सक, स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सामग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद व्यक्त गरे । राहत प्रदान गर्नुहुदै साउथ इष्ट रिजनल तमु धि युकेकी उपाध्यक्ष पार्वती गुरुङले संस्था स्थापना, संस्थाले गर्दै आएको गतिविधि संस्थाका नेतृत्वको दुरदर्शी योजना र कार्यक्रमका बारेमा जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । आजभन्दा करिब १२ वर्षअघि बुटवलमा ठेलाबाट सुरुआत भएको ड्याडिज किचनले हालसम्म २२ शाखा बिस्तार गर्न सफल भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…

hero news full width