नवलपरासीमा थप ३ जनामा कोरोना, गण्डकी प्रदेशमा संक्रमित संख्या २७ पुग्याे

रामकुमार श्रेष्ठ
जेठ १९, २०७७
coronavirus

नवलपरासी, १९ जेठ । पूर्वी नवलपरासीमा सोमबार थप ३ जनामा कोरोनो संक्रमण देखिएको छ।

सोमबार गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कावासोती ठेगाना भई कावासोती कै क्वारेन्टाइनमा रहेका २ जना २२ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाका १४ बर्षीय पुरुषमा पनि सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै नवलपुरमा ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने १ जना महिला उपचार पछि संक्रमण मुक्त भएर फर्किएका छन्।

नवलपुरमा सोमबारको तथ्यांक सहित अहिलेसम्म देवचुली नगरपालिकामा ५ जना विनयी त्रिवेणी गाउँपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २७ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै