बसका यात्रुलाई कोरोना भेटिएपछि अन्यको खोजी, पोखरा झरेका २ को पहिचान

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७७
bus 1

बसमा सँगै आएका यात्रुमा कोरोना भाइरस संक्रमण भेटिएपछि गण्डकी प्रदेशमा अन्य यात्रुको खोजी जारी छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार सूचना नै जारी गरी कन्ट्याक्ट टे«सिङमा नआएका बाँकी यात्रुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो ।

जेठ ९ मा भैरहवाको नमुना मावि क्वारेन्टाइनमा बसेकालाई म्याग्दीसम्म पु¥याउन ना५ख २८९८ नम्बरको बसमा आएका म्याग्दीका एक युवकमा कोरोना भाइरस पुष्टि भएको छ ।

यात्रापछि म्याग्दीमा नमुना संकलन गरिएकामध्ये पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणमा एक पुरुषमा जेठ १५ मा कोरोना भाइरस देखिएको थियो । उनलाई कोरोना देखिएको ३ दिन बित्दासम्म बसमा सवार सबै यात्रुको कन्ट्याक्ट टे«सिङ हुन नसकेकोले निर्देशनालयले सूचना जारी गरी तत्काल सम्पर्कमा आउन वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो ।

बसचालकलाई उद्घृत गर्दै निर्देशनालयका अनुसार २३ यात्रु सवार सो गाडीमा गोरखा जाने १ जना व्यक्ति तनहुँको आबुँखैरेनीमा झरेका थिए । त्यस्तै लमजुङ जाने ३ जना तनहुँकै डुम्रेमा र पोखराको पुरानो बसपार्कमा २ जना यात्रु ओर्लिएका थिए । सो गाडी म्याग्दी यातायात प्रालिद्वारा संचालित गाडी हो ।

यसैबीच, पोखरा महानगरपालिकाले आइतबार साँझ नै अर्को विज्ञप्ति जारी गरी पोखरा बसपार्क झरेका २ यात्रु (जोगिन्द्र दर्गी र खिमबहादुर परियार) को पहिचान भई हाल क्वारेन्टाइनमा रहेको जनाएको छ । उनीहरु पोखरा झरेको दिनदेखि लेकसिटीको क्वारेन्टाइनमा रहेका छन् । यस्तै, सो बसमा मुग्लिनबाट चढेका २ यात्रु (सुमन बस्नेत र सरिता पुन) समेत क्वान्टाइनमा रहेका छन् ।

निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले संक्रमितसँग सम्पर्कमा आएकालाई कोरोना सर्ने सम्भावना बढी हुने भएकाले तत्काल सम्पर्कमा आउन आग्रह समेत गरेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म २४ जना कोरोना संक्रमित भेटिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै