पोखरा, १८ जेठ । तनहुँ जिल्लामा पनि कोरोना संक्रमणका बिरामी भेटिएका छन् । योसँगै गण्डकी प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लामा कोरोना फैलिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण भेटिएको हो । ती युवक आफ्नौ ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यस्तै, स्याङ्जामा समेत आइतबार थप २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको गल्याङ नगरपालिकाका घर भइ स्थानीय क्वारेन्टाइनमा बस्दै आएका वर्ष २७ र वर्ष ४० का पुरुषमा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
संक्रमित बिरामीहरुलाई उपचारका लागि सम्बन्धित जिल्लाको अस्पतालमा लैजाने तयारी भइरहेको जनाइको छ । गण्डकीमा हालसम्म संक्रमितको संख्या २४ पुगेको छ । तीमध्ये ३ जना निको भइ घर फर्केका छन् ।
गण्डकी प्रदेशमा पहिलो पटक चैत दोस्रो साता कोरोना भाइरस भेटिएको हो । चैत ४ मा कतार एयरवेज आएकी १९ वर्षीया बागलुङकी युवतीमा चैत १२ मा कोरोना पुष्टि भएको हो । बागलुङ सहित क्रमशः नवलपुर, लमजुङ, स्याङ्जा, म्याग्दी र तनहुँमा कोरोना भेटिएको हो । प्रदेश राजधानी पोखरा रहेको कास्की जिल्लामा भने हालसम्म कोरोना नभेटिनुलाई सुखद संयोग मानिँदैआएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१