पश्चिमी वायुको प्रभावले वर्षा

रासस
जेठ १७, २०७७
Rainy weather, rain

काठमाडौँ, १७ जेठ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार वर्षा हुने भनेर लगातार दिनभर नभई बिहान र बेलुकाको केही समय हुनेछ । दिउँसो भने मौसम सफा नै रहने बताइएको छ । हाल देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भएको छ । कतिपय स्थानमा भने अपराह्नपछि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै दिपायलमा १.४, धनगढीमा ७.५, पोखरामा ३.६ र नेपालगञ्जमा ३.२ मिलिमिटर वर्षा भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा देशभरकै प्रदूषित सहर

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । पोखराबाट हिमाल नदेखिएको २ हप्ताभन्दा बढी भयो । डाँडा उक्लनहरूले थुम्काबाट न हिमाल देख्न न राम्रोसँग पोखरा ।…
  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…

hero news full width