नवलपरासी, १५ जेठ । पूर्वी नवलपरासीमा विहीबार थप एक जनामा कोभिट १९ कोरोना संक्रमण पुष्टि भएको छ। देवचुली नगरपालिका १ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
भरतपुर अस्पतालले अस्पतालको आधिकारिक पेसबुक पेज मार्फत यसको पुष्टि गरेको छ तथापि स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि गर्न भने बाँकी रहेको छ ।
भरतपुर अस्पतालले जेठ १३ गते आएका १ सय ५ वटा स्वाबहरु परीक्षण गर्दा १ सय ४ जनाको रिपोर्ट नेगेटिभ आएको र देवचुली १ पूर्वी नवलपरासीका १९ बर्षीय पुरुषमा पोजेटिभ देखिएको जनाएको छ। उनी जेठ १० गते भारतबाट आएका थिए।
देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनलाई राति नै भरतपुर कोरोना विशेष अस्पतालमा लगिएको देवचुली १ का वडाअध्यक्ष लक्ष्मण राज भण्डारीले बताए । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले नवलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो संगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ। उनी जेठ १० गते भारतको हरिद्वारबाट धनगढी हुँदै देवचुली नगरपालिका आएका थिए । उनलाई सोझै जनज्योति नमुना माविको क्वारेन्टिनमा राखिएको थियो। उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।
पूर्वी नवलपरासीमा अहिलेसम्म २ सय ८० जनाको स्वाब संकलन भएर पिसिआर परीक्षणका लागि गएको छ जस मध्ये बुधबारसम्म २ सय ४८ जनाको पिसिआर परीक्षण भएर आइसकेको छ । विहीबार ३२ जनाको पिसिआर रिपोर्ट आउँदै छ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१