हेमजा, १२ जेठ।नेदरल्याण्ड स्थित नेपाली चिल्ड्रेन नामक गैरसरकारी संस्था नेपालीको भोक मेटाउन लागि परेको छ ।उसले सोमवारदेखि हेमजाको सुईखेत क्षेत्रमा राहत वितरण थालेको छ।
उक्त संस्थाले कोरोना भाइसरको संक्रमणका कारण लकडाउनको अवस्थाले दैनिक जीविकोपार्जनमा समस्या आएका परिवारलाई लक्षित गरी राहत बाढ्न सुरु गरेको हो।जसअनुसार सोमवार कुल एक सय ५८ घर परिवारलाई राहत बाढिएको संस्थाका सदस्य बोधराज अधिकारीले बताए।
संस्थाले प्रति परिवार एक सदस्य बराबर एक दिनका लागि एक माना चामल र एक चौथाई रातो दालका दरले बाढेको छ ।जसअनुसार जीविकोपार्जनमा समस्या भएकाहरु दोहोरीए पनि दैनिक राहत लिन जान सक्ने छन्।राहत लिनका लागि विहान ७ बजेदेखि साढे ९ बजेसम्म सुईखेत स्थित अम्विका मावि नजिकै पुग्नुपर्ने हुन्छ।
यसपटक कुल दुई सय बोरा चामल तथा २० बोरा दाल वितरण गर्ने योजना रहेको संस्थाका सहजकर्ता तीर्थ लुईटेलले बताए।बोरा २५ केजीका हुनेछन्। यसअघि पनि संस्थाले सुईखेत क्षेत्रमै लकडाउनको २ हप्ता पछि बटुवालाई खाजा खुवाएको थियो ।त्यस अवसरमा करिव दुई सय जनालाई दालमोठ, चिउरा, बिस्कुट, पानी लगायतका बस्तु दिइएको थियो ।
त्यस्तै संस्थाले वडाको रोहवरमा कुल ४ सय घरपरिवारलाई यसअघि नै राहत पनि बाढी सकेको छ ।साढे १२ केजी चामल, १ केजी दाल, नुन १ केजी, तेल आधा लिटरका दरले दिइएको थियो।त्यस्तै तल्लो हेमजा स्थित मानव सेवा आश्रमलाई पनि संस्थाले पाँच बोरा चामल सहयोग गरेको छ ।राहत वितरणमा संस्थाका अध्यक्ष जोलु आरती समेत प्रत्यक्ष खटिएकी छन् ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१