मनीषाको चर्को आलोचना

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७७
padma-aryal-new-map890

पोखरा । नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनीषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ ।
परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’
लिम्पियाधुरासहित ३ सय ३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका हुन् ।
उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका छन् ।
लामो समय बलिउडमा राज गरेकी अभिनेत्री कोइराला हिन्दी फिल्ममा उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीमा पर्छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width