मंगलवार थपिए दुई जिल्लामा ११ संक्रमित

एजेन्सी
जेठ ६, २०७७
corona

काठमाण्डौ, ६ जेठ । झापा र सुनसरीमा मंगलबार ११ जना कोरोना भाइरस सक्रसिमत थपिएका छन् ।

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालले पुष्टि गरेको छ । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् ।

उक्त अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार यहाँका एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width