पोखरा, ५ जेठ । नेपाली काँग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबारको जुम बैठकले सरकारका गतिविधिका कारण नै रोग र भोकका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आइसकेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले लकडाउन लम्बिएको अवस्थामा राहत बढाउन माग गर्दै राजनैतिक पूर्वाग्रह नराखी राहत वितरण गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ । ‘अवस्था झन्, झन् जटिल बन्दै गएका बेला सरकार गैरजिम्मेबार बनेकोप्रति बैठकले खेद प्रकट गरेको छ, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले भने, सरकार लकडाउन लम्ब्याउन मात्र केन्द्रित बनिरहेको छ ।’
बैठकले जिल्लाका विभिन्न नाकाहरुबाट शंकास्पद मानिस भित्रिरहेका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै प्रवेश नाकामा कडाई गर्न माग गरेको छ ।बैठकले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका र विभिन्न देशबाट नेपाल आउँन चाहेका नेपालीलाई उचित व्यवस्थापनका साथ ल्याएर घरसम्म पुर्याउन माग गरेको छ । लकडाउनका बेला पोखराको बसपार्कमा रहेको बास्तोला कम्प्लेक्स संचालनका कारण भीडभाड बढेको र शान्तिवनस्थित कृषि उपज बजारमा अन्य जिल्लाबाट तरकारी ढुवानी गर्दा अपरिचित र शंकास्पद मानिसको आवतजावत भई जोखिम बढेको गुनासो स्थानीयले गरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ । बैठकले कास्की जिल्लामा उत्पादित तरकारी र दुधलाई प्राथमिकता दिएर बिक्री गर्ने वातावरण मिलाउन पनि माग गरेको छ ।
त्यस्तै, सर्वसाधारण नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्योपचार सेवा लिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने योजना अव्यवहारिक भएकोले विकल्प खोज्न माग गरेको छ । बैठकले कोरोनाको संक्रमणसंगै शिथिल बन्दै गएका पर्यटन व्यवसाय, उद्योग व्यवसाय कलकारखाना, कृषि, शिक्षाका लागि प्रोत्साहन प्याकेज ल्याउन र एसईई लगायत शैक्षिक गतिविधिप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छकृषिजन्य उत्पादनको मौसम सुरु भएकोले कृषकका लागि बीउ र मलको तत्काल व्यवस्थासहित राहत प्याकेज ल्याउन माग गरेको छ । बैठकले कोरोनाका कारण निधन भएकाप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
hero news full width
मुख्य समाचार
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१