सीमा नाकामा खटिने सुरक्षाकर्मीको रिपोर्ट नेगेटिभ

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७७
PCR Ramdi naka (1)

स्याङजा, ५ जेठ । पाल्पाको संगमस्थल राम्दी नाकामा खटिदै आएका ८ जना सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मचारी सहित बाहिरी जिल्लाबाट आएका २ जनाको पीसीआर टेष्ट नेगेटिभ देखिएको छ ।

उनीहरुको नमूना स्वाब संकलनगरी परीक्षणका लागि पोखरा पठाइएकोमा आइतवार रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । सीमा नाकामा कार्यरत सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको लागि भन्दै पीसीआर टेष्ट गरिएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । राम्दी नाका दुई वटा प्रदेश एवंं दुइ जिल्लाको पनि सीमा नाका पनि हो ।

स्याङ्जामा ९०९ जनाको आरडिटी र १ सय १३ जनाको पीसीआरबाट कोरोना टेष्ट गरिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । अहिले सम्ममा रिपोर्टहरु नेगेटिभ देखिदा जिल्लाबासी सुरक्षित रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width