कोरोनाबाट नेपालमै दोस्रो मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७
banke district corona

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट अर्को एक जनाको मृत्यु भएको छ । कोरोनाकै कारण नेपालमा मृत्यु हुने नेपालीको संख्या २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाँके नरैनापुरका २५ वर्षीय युवक हुन् ।

गत वैशाख ३० मा भारतबाट आएका उनलाई बाँके नरैनापुर–५ को भगवानपुरस्थित दीपेन्द्र मावि क्वारेन्टाइनमा राखिएको थियो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती युवकका कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

क्वारेन्टाइनमा रहेको बखत उनमा स्वासप्रश्वासमा समस्या भएकोमा उनको आइतबार बिहान ६ः४० मा मृत्यु भएको थियो ।

त्यसैगरी, बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया एक सुत्केरी महिलाको कोरोनाको मृत्यु भएको थियो ।

मन्त्रालयले शनिबार रातिमात्र ती सुत्केरीको मृत्यु कोरोना भाइरसकै कारण भएको पुष्टि गरेको थियो । नेपालमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ सय ९२ पुगेको छ । त्यसमध्ये ३६ जना उपचारपछि घर फर्केका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै