काठमाडौँ, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रममा सुझाव दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा सचिवालय सदस्यले सो कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
“बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने दिन सकिन्छ भनेर सचिवालय बैठकमा रहेका सदस्यलाई अनुरोध गरे”, बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने “नीति तथा कार्यक्रमका बारेमा केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको छ ।” उनले बैठकमा स्थायी कमिटी बैठकबारे भने नीति तथा कार्यक्रमपछि बस्ने सचिवालय बैठकमा छलफल हुने बताए ।
Related News
सम्बन्धित समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१