Representative Image
कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करीब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन्। जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन्। तीमध्ये संक्रमित एक महिला कपिलवस्तु नगरपालिकाका स्वास्थ्यकर्मी हुन्।
बुधबार कोरोना पुष्टि भएका पुरुष पनि भारतको महाराष्ट्रबाट वैशाखको तेस्रा साता लकडाउनको बेला लुकिछिपी नेपाल प्रवेश गरेका हुन् । फेला परेका संक्रमित कपिलवस्तु –४ का २२ वर्षीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । यससंँगै कपिलवस्तु नगरपालिकामा मात्र संक्रमित नौ जना पुगेका छन्।
गत वैशाख २७ गते भारतका विभिन्न शहरबाट फर्केर चोर नाका हुँदै नगरपालिका आएर क्वारेन्टाइनमा बसेका १०३ जनाको स्वाब संकलन गरी पठाइएको थियो। त्यसमध्ये अहिलेसम्म नौ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य सांयोजक उमेश गुप्ताले बताउनुभयो । संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिको र अवस्था सामान्य रहेको जनाइएको छ।
पछिल्लो तीन दिनमै भारतका विभिन्न शहरबाट फर्केका करीब तीन हजार चार सय मानिस सीमा नाकाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका छन् । कोरोना भाइरसका कारण जारी लकडाउनका बेला भारतमा खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सीमा नाकाबाट लुकिछिपी आउने क्रम बढेको छ।
वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवेदनमा जिल्लाका क्वारेन्टाइनमा एक हजार ३७९ जना मात्र थिए । मंगलबार सो संख्या बढेर चार हजार ७८८ जना पुगेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा भरिभराउ भएपछि व्यवस्थापनमा चुनौती देखिएको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा एक हजार २२ जना क्वारेन्टाइनमा छन्।
यस्तै कृष्णनगर नगरपालिकामा ७७०, शुद्धोधन गाउँपालिकामा ५५३, मायादेवी गाउँपालिका ४७८, विजयनगर गाउँपालिकामा ३६५, शिवराज नगरपालिकामा १८२, वाणगंंगा नगरपालिकामा ५२, यशोधरा गाउँपालिकामा ६३८, कपिलवस्तु नगरपालिकामा ३६०, बुद्धभूमि नगरपालिकामा ३६८ जना क्वारेनटाइनमा छन् । ती सबै भारतबाट फर्केका हुन् । दश पालिकामा हालसम्म चार हजार ९६५ क्वारेन्टाइनका शय्या छन् । यस्तै अहिलेसम्म पिसिआरका लागि जिल्लाबाट ६६२ जनाको स्वाब संकलन गरी पठाइएकामा ४७६ जनाको नतिजा आएको छ । तीमध्ये ३० जना संक्रमित भेटिएका छन्।
एक सय ८६ जनाको रिपोर्ट अझै आउन बाँकी छ । यशोधरामा १२, कपिलवस्तुमा नौ, मायादेवीमा चार, बुद्धभूमिमा चार र शुद्धोधनमा एक संक्रमित भेटिएका छन् । भारतबाट पैदल, ट्रक, ट्रयाक्टरलगायत सवारी साधनमा सीमामा पुगेपछि उनीहरु राति पैदल हिँडेर जिल्ला प्रवेश गरेको स्थानीयवासी बताउँछन्।
Related News
सम्बन्धित समाचार
द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब
जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने
स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र
hero news full width
मुख्य समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८