क्यारेन्टायनमा लानखोज्दा छतबाट हामफालेका बस्नेत घाइते

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७७
unnamed

तस्वीर– साङ्केतिक फोटो

पोखरा, ३० वैशाख । भारतबाट पोखरा आएका एक नेपाली युवालाई क्यारेन्टायनमा लानखोज्दा भाग्ने क्रममा छतबाट खस्दा सामान्य घाइते भएका छन् ।

पोखरा ८ इन्द्रपुरी टोलका २१ वर्षीय अभिषेक बस्नेत मंगलवार मध्यान्नमा घरको दोस्रो तलाबाट खसेका हुन् । उनको दाहिने खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता नरहरी अधिकारीले बताए ।

डेरामा आउदै गरेका स्थानीय र प्रहरीको डरले उनी भाग्दा खोज्दा दोस्रो तलाबाट हाम फालेर भाग्न खोजेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उनको उपचार पछि साँझ उनलाई पोखरा महानगरपालिकाद्धारा संचालित पोखरा–८ जाल्पाारोड स्थित क्यारेन्टाइनमा लगिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

बस्नेत भारतबाट मंगलबार पोखरा आइपुगेका थिए । उनी आएको थाहा पाएका स्थानीयले क्वारेन्टाइनमा राख्नुपर्ने दवाब दिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरी उनको डेरामा पुगेका थिए । उनको कोरोना परीक्षणका लागि स्वाब लिइसकिएको छ । भारतको कर्नाटक हुँदै आफू नेपाल छिर्न सफल भएको र तरकारी बोक्ने गाडीमा पोखरा आइपुगेको बस्नेतले प्रहरी समक्ष बयान दिएका छन् । बस्नेतको स्थायी घर सोलुखुम्बु जिल्ला भएको र उनका आमाबाबु पोखरामा डेरागरी बस्दै आएका कारण उनी पोखरा आएका हुन् । रोजगारीको सिलसिलामा कर्नाटक भारतमा रहेका उनी १२ दिन अघि मात्र भारतबाट नेपाल हिडेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width