खुट्टाको प्रयोगगरी हातधुने मेसिन प्रदान

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७७
pic 1 (1)

बागलुङ, ३० वैशाख । कोरोना भाइरसविरुद्वको लडाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले बागलुङ नगरपालिकाका इन्जिनियरहरुको सहयोगमा बागलुङ नगरपालिकालाई आधुनिक खुट्टाको प्रयोग गरी हातधुन मिल्ने (फुट अपरेटिङ ह्याण्ड वासिङ टुल) हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस कोभिड १९ को जोखिम लाई न्युनिकरण गर्ने उद्देश्यले बनाइएको हातधुने वासिङ टुलको बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेलले उद्घाटन गरेका हुन् । नगरपालिकालाई हस्तान्तरण गरिएको हातधुने उपकरण कोरोना रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको नगर प्रमुख पौडेलले बताए ।

उपकरण बनाउने कार्यलाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक रुपले सहयोग पुर्याउनु सम्पूर्णमा सहयोगीलाई धन्यबाद व्यक्त गरिएको थियोे । एशोसिएसनले यसअघि खुट्टाले थिच्दा साबुन र पानी धारो निर्माण गरी जिल्ला प्रहरी कार्यालय र धौलागिरि अस्पताल लाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरण कार्यक्रममा ईन्जिनियर गौरब शर्माले उक्त प्रविधिको विषयमा जानकारी दिएका थिए ।

कोरोनाको भाइरस कोभिड १९ को जोखिम बढ्दै गइरहेको बेला जनताको चाप रहने स्थानीय तहमा यस्तो खालको उपकरण स्वास्थ्यको लागि थोरै भए पनि उपयोगी हुने देखिन्छ । हस्तान्तरण कार्यक्रम इन्जिनियर गौरव शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width