पोखरा, २७ वैशाख । देशभर आगामी जेठ ५ सम्म लकडाउन कायम रहेकोमा कास्की जिल्लामा भने लकडाउन केही खुकुलो हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ जरुरी सूचना जारी गरी केही निश्चित प्रयोजन छुट्टाउँदै सवारीसाधन चलाउँदा पास आवश्यक नपर्ने पनि उल्लेख गरेको छ। तोकिएबमोजिम विकास आयोजना तथा औद्योगिक प्रतिष्ठान, अत्यावश्यक सेवा वा व्यवसाय संचालन गर्ने सरकारी तथा निजी संस्था, व्यक्ति समेतले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, सामाजिक दूरी कायम गर्ने गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी ६ बुँदे सूचना जारी गरिएको हो।
जसअनुसार कास्की जिल्ला प्रवेश गर्दा वा कास्की जिल्लाभर ढुवानी सेवा प्रदान गर्दा कृषि तथा पशुपंक्षीजन्य सेवा तथा सामग्री, स्वास्थ्यस्रम्बन्धी सेवा तथा सामग्री एवं जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसलहरुले प्रयोग गर्ने ढुवानीका साधनहरु, खाद्यान्न, फलफूल, तरकारी, पानी, दूध, ग्याँस, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थहरु ढुवानी गर्दा संचालन गर्दा सवारी पास आवश्यक पर्ने नभएको छ।
यस्तै, तयारी मालबस्तु, विकास आयोजनामा प्रयोग हुने उपकरणहरु लैजाने ल्याउने कार्य र निर्माण सामग्रीहरु बोकेका ढुवानीका साधन एवं एम्बुलेन्स संचालनमा पनि सवारी पास लिइरहनुपर्ने छैन ।
यसैगरी, जिल्लामा अत्यावश्यक सेवा संचालन गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुको सेवा प्रवाहका लागि आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो प्रणालीबाट, बैंक तथा बित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीले दैनिक रुपमा सेवा प्रवाहमा आवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीद्वारा सेवा संचालन गर्ने र उनीहरुको लागि सम्बन्धित कार्यालय प्रमुखले नै लकडाउन अवधिमा कर्मचारीलाई खटाउँदा दिन, बार र समय स्पष्ट खुल्ने गरी प्रमाणित कागजात उपलब्ध गराउन सक्नेछन् । त्यस्ता कर्मचारीलाई कार्यस्थलमा आउनेजाने प्रयोजनका लागि पास जरुरी नपर्ने भएको छ । यद्यपि ती कर्मचारीको साथमा कार्यालय परिचयपत्र पनि अनिवार्य हुनुपर्ने छ।
विकास आयोजना तथा औद्योगिक उत्पादनमा संलग्न श्रीमक कर्मचारीलाई आयोजना तथा उद्योग प्रतिष्ठान आफैले खर्च व्यवस्थापन गर्ने गरी दैनिक अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने, कार्यस्थलमै खाना खाजा व्यवस्था गर्नुपर्ने, श्रमिक कर्मचारीलाई आवासदेखि विकास आयोजनासम्म पुग्न सुरक्षा मापदण्ड अपनाउन भनिएको छ । ती विकास आयोजनासम्बन्धी कार्यसंचालन गर्दा एकस्थानमा एक पटकमा बढीमा १० जना तथा सवारीसाधन मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान, मर्मत, प्लम्बिङ, इलेक्ट्रिकल सेवा, पेट्रोल पम्प संचालन गर्दा बढीमा ५ जना सम्म कर्मचारी खटाउन सकिनेछ ।
लकडाउन कायम रहेको हुँदा अझै पनि विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्य बस्तु बिक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, धार्मिक स्थल, मन्दिर, रंगशाला, खेलकुद स्थल, जिमखाना, सैलुन, व्युटीपार्लर, होटल, बार, रेष्टुरेन्ट खोल्न वा कुनै पनि प्रकारको क्रियाकलाप गर्न पाइने छैन । यस्तै, सूचनामा १२ वर्ष मुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती महिलाको आवातजावत तथा हिडडुल गर्न पाउने छैनन्, भनिएको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१