उपप्रधानमन्त्रीद्धारा कोभिड १९ ट्रेसिङ एपको औपचारिक सुरुवात

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७७
COVID NP1

कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर सिसीएमसी ओपिसी को औपचारिक एप कोभिडएनपीको शुरुआत गरिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सधाउन निशुल्क तयार पारेको एपको उपप्रधानमन्त्रीले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन्।

आफ्नो मोबाइलमा कोभिड एनपी एप डाउनलोड गरे पछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् । सम्भावित बिरामीको पहिचान गरी समयमा नै द्रुत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो।

जो कसैले पनि गूगल प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट कोभिड एनप्पी नामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । गूगल प्लेमा अहिले नै उपलब्ध भैसकेको उक्त एप एप्पलको एप स्टोरमा केही दिनमा उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ । यो एपबाट कोभिड १९ रोगका लक्षण, संक्रमणमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ।

प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको एप निमार्ण कम्पनी आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए।

समारोहमा रक्षामन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयासको खाँचो औँल्याए । उनले भने, “कोभिड– १९ बारे सूचना दिन बनाइएका एप आम नागरिकले सरल ढङ्गबाट थाहा पाउने, बुझ्ने र प्रयोग गर्नसक्ने हुनुपर्छ, गलत सूचना प्रवाह हुन नदिनेतर्फ सबै होसियार रहनुपर्छ।”

कोभिडबारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचना प्राप्त र प्रवाह गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड– १९ सम्बन्धी जानकारी र सूचना एकीकृतरुपमा प्राप्त गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको एपबाट प्रयोगमा सहज र सरल गराउने तथा दुरुपयोग नहोस् भन्नेमा उच्च सतर्कता हुन आवश्यक रहेको बताए।

प्रधानमन्त्रीका सूचना तथा प्रविधि सल्लाहकार असगर अलीले अन्य मुलुकमा प्रयोगमा ल्याएको जस्तै एप तयार भएको भन्दै प्रयोग गर्न सबैलाई अपील गरे । उनले कोभिड एनपी एपको प्रयोग सही तरिकाले सबैले गरेको खण्डमा कोरियाको जसरी नै संक्रमण नियन्त्रणमा सरकारले सफलता हासिल गर्ने र दैनिकी सहज बन्दै जाने विश्वास व्यक्त गरे।

एप डेभलपर कम्पनी आईमार्कका अध्यक्ष ढुङ्गानाले कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कार्यरत ७० जनाभन्दा बढी प्रविधिक तथा चिकित्सकको योगदानमा एप तयार पारिएको बताए । कोभिड नियन्त्रणका लागि आफुहरुले गरेको पहल अनि सरकारको सक्रियतासँगै नागरिकको उपि उत्तिकै महत्वपुर्ण भुमिका हुने भन्दै एप प्रयोग गरि हातेमालो गर्न उनले आग्रह गरे।

उक्त एपमार्फत कोरोनासम्बन्धी आवश्यक जानकारी लिइ रोग नियन्त्रण र रोकथाममा सहयोग पुर्याउन आम नागरिकलाई अनुरोध गरिएको छ । उक्त एपमा राखिएका तथ्य तथ्याङ्क राष्ट्रिय सूचना केन्द्रको सर्भर मार्फत स्वस्थ्य मन्त्रालय, डेभलपर, प्रयोगकर्ता र सम्बद्ध पक्षका बिचमा सम्पर्क स्थापित गर्नेछ । एप प्रयोगकर्ताहरुले ब्लुटुथ अन गरिराखेको खण्डमा सम्भावित संक्रमितहरुको पहिचान गर्न नागरिकलाई सहज हुने विश्वास गरिएको छ । जसका कारण आईमार्कले सबै प्रयोगकर्तालाई ब्लुटुथ बन्द नगर्न पनि आग्रह गरेको छ । कोभिड– १९ का सम्बन्धमा तथ्यपरक र एकीकृत तथ्याङ्क राख्न एप फलदायी हुने विश्वास लिइएको छ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width