स्याङ्जामा स्वचालित हात धुने मेशिन

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७७
Tarun Tanki chowk

स्याङजा । नेपाल तरूण दल स्याङ्जाले सदरमुकाम स्थित शहिदचोकमा खुट्टाद्वारा संचालित हात धुने मेशिन राखेको छ ।

कोरोना महामारी बिरूद्धको अभियानमा हातेमालो गर्ने उद्देश्यले नेपाल तरूण दल केन्द्रीय कार्यालयको परिपत्र र तरूण दल स्याङ्जाको भिडियो कन्फ्रेन्स बैठकको निर्णयानुसार नेपाल तरूण दल पुतलीबजार नगर कार्यसमितिको पहलमा उक्त मेशिन राखिएको हो।

मेशिनको दुईतर्फ खुट्टाले थिच्दा पानी र साबुन उपलब्ध हुन्छ । प्रयोग गर्न अत्यन्तै सजिलो तरिका रहेको मेशिनको डिजाइन नेविसंघका नेता इन्जिनियर अनुप श्रेष्ठले तयार पारेका हुन । मेशिनको उद्घाटन गर्दै काग्रेसका कार्यवाहक सभापति कुमार रानाले यसको प्रयोग, संरक्षण र निरन्तरतामा सबैले सहयोग गर्नु पर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width