पाेखरा, २० बैशाख । बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लि पोखरा -३३ भरतपोखरी भगवति चौताराले आफ्नो संस्था स्थापनाको ८ औं वार्षिकोत्सव शनिबार मनाएको छ ।
पोखरा -१७ सितापाईलास्थित पोखरा बृद्दाश्रममा खाधन्न,फलफूल र हरियो तरकारी बितरण गरि वार्षिकोत्सव मनाईएको कोअपरेटिभ प्रेसिडेन्स सोसाइटी, कोप्सका अध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले बाघमारा सहकारीले बित्तिय कारोबारका साथै सामाजिक उत्तरदायित्वको सबालमा उदारणीय काम गरेकोमा खुसी ब्यक्त गर्दै संस्थाले गरेको सामाजिक तथा मानवीय सेवाको प्रशंसा गरे।
सोहि कार्यक्रममा विषेश अतिथि समेत रहनु भएका जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल कोरोना भाईरस कोभिड -१९ संकटबाट सहकारीको तरलता ब्यबस्थापनमा जोखिम रहेको, सहकारी संचालनमा पनि आर्थिक कारोबारको गतिविधिमा समेत प्रभाब देखिएता पनि बिपदको समयमा शेयर सदस्य केन्द्रीकृत लाभका कार्यक्रम संचालन र समाजिक दायित्व बहन गर्दै बृदाश्रममा संस्थाले गरेको खाधन्न, फलफुल, तरकारी एबम् अत्याबश्यक सामाग्री बितरणले केही हदसम्म भएपनि बृद्दाबृद्दको जिबनमा सहज भएको र अरू सहकारीहरूले यस्तै कार्यको अनुशरण गर्न आग्रह गरे।
बिशेषत: लकडाउनका कारण आश्रममा हरियो तरकतरकारी,फलफुल, साबुन, मन्जन, आलु प्याज, दूध दाल, सेनेटरि आईटमहरूको अभाब भएपछि सो को परिपुर्ति गर्न एक कार्यक्रम गरि जिन्सी सामान हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
उक्त कार्यक्रममा संस्थाका सचिब नन्दलाल काफ्ले, लेखा समिति संयोजक तुलसिमणि अधिकारी, शिक्षा समिति संयोजक प्रकाश अधिकारी, कोषाध्यक्ष बेल बहादुर कार्की, ब्यबस्थापक लक्ष्मी लामिछानेले आफ्नो मन्तब्य राखेका थिए । सचिब नन्दलाल काफ्लेले संचालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्लीराम बरालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
वडा १५ मा बृहत् खेलकुद समापन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१