लेखनाथ लायन्स सामुदायिक अस्पतालका पदाधिकारीसँग छलफल

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
comminate hospital

पाेखरा । गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा र सामाजिक विकास मन्त्रालयका अस्पताल विकास महाशाखा प्रमुख डा. रामबहादुर केसीले लेखनाथ लायन्स सामुदायिक अस्पतालको व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल तथा बैठक गर्नुभएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएकाे छ।

अस्पताललाई प्रदेश सरकारको मातहत ल्याई हाललाई कोभिड – १९ उपचार व्यवस्थापन अस्पतालको रुपमा विकास गर्दै नयाँ सेवा सुविधाको विस्तार गर्ने र स्तरोन्नति गर्ने विषयमा उक्त बैठकमा छलफल भएको जनाइएकाे छ ।

बैठकमा निम्न बुँदामा बुँदागत रुपमा छलफल भएको जनाइएकाे छः
 सर्वस्वदाताहरुको बारेमा गण्डकी प्रदेश सरकारले शेषसम्मका लागि सोच्नुपर्ने ।
 दाताहरुको फोटो र शिलालेख स्थापना गर्नुपर्ने ।
 मौज्दात सम्पत्ति तथा दायित्व हस्तान्तरण गरिनुपर्ने
 हाल प्रदान भैरहेको सेवालाई अझै बिस्तार गरिनुपर्ने
 साविक लेखनाथवासिले पाउने सेवालाई बढाउने ।
 हाल कार्यरत जनशक्तिको व्यवस्थापन ।
 रोजगारमा स्थानीयवासीले प्राथमिकता पाउनुपर्ने ।
 अस्पतालको नामकरणका बारेमा ।

साथै, दाताले प्रदान गरेको जग्गाको अनुगमन र उपयोगिताको बारेमा पनि बहस भएको उल्लेख गरिएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width