तपाँई मिडियाको हो ?
हो ।
कुन मिडियाको हो ?
पोखराको आदर्श समाज ।
आदर्श समाजका प्रेम नारायणलाई चिन्नुहुन्छ होलानी !?
चिन्छु ‘। उनी त जापान छन नि ‘। अहिले, नेपाल छुट्टीमा आएका छन् ।
प्रस्तुत संवाद, न्यूज प्रस्तुतकर्ता र किसान हिक्मत जिसीबीचको हो । विश्वव्यापी कोरोना (कोभिड–१९) को प्रकोपका कारण देश लकडाउन बनेको ३४ औं दिन थियो । गत आइतबार न्यूज प्रस्तुतकर्ता तनहुँको सदरमुकाम दमौली जाने क्रममा भएको संवाद हो यो ।
हिक्मत, तनहुँको खैरेनीटार बजारबाट ठप्प बनेको सुनसान पृथ्वी राजमार्ग हुँदै साइकलमा हुइकिदैँ थिए । उनी त्यस दिन दुलेगौडास्थित शुक्ला डेरीमा दूध पुर्याएर उनको म्याग्दे रिठ्ठेपानीतर्फ घर फर्कदैँ थिए । खैरेनीटार बजारबाट घरमा आवश्यक केही सामान किनेर फर्किैदैँ थिए ।
प्रस्तुतकर्ताले साइकलमा हुँइकिदैँ गरेका उनको फोटो लिने क्रममा भएको प्रस्तुत संंवाद नै न्यूज स्टोरी बनेको हो । कुनैैबेला पोखराकै आदर्श समाजका भाषा सम्पादक प्रेमनारायण न्यौपानेको नाम उनले लिएपछि हिक्मतबारे थप बुझ्ने प्रस्तुतकर्तामा उत्सुकता बढेको थियो ।
उनीसँग बसेरै कुराकानी गर्ने प्रस्तुतकर्ताको प्रस्तावलाई उनले तत्काल श्वीकार गरे । र, आफ्नै घरमा बसेर कुराकानी गर्ने उनले सुझाए । उनीसँगको कुराकानीमा हिक्मतको जीवन संघर्षलाई थप उजागर गरेको थियो । हिक्मतले आफ्नो विगत र वर्तमानबारे बताएपछि उनको जीवन संघर्षलाई प्रस्तुतकर्ताले न्यूज स्टोरी बनाएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–६, रिठ्ठेपानीस्थित पृथ्वी राजमार्गसँगै हिक्मतको घर छ । त्यहाँ, राजमार्गको बाटोदेखि तल ब्लक र जस्तापाताले बनेको उनको एउटा टहरो छ । टहरोमा हिक्मत, उनकी श्रीमती शुशिला, छोरा अर्जुन, छोरी नमूना र उनलाई सघाउने एक जना कामदार बस्दै आएका छन् ।
टहरोसँगै उनले संचालन गरेको पशुपंक्षीको कृषि फारम छ । फारममा सानो ठूलो गरी ७ वटा जर्सी गाई, १० वटा बाख्रा र केही लोकल कुखुराहरु छन् ।
जर्सी गाइबाट उनले दैनिक ३० देखि ५० लिटरसम्म दूध उत्पादन गर्छन् । उनले दिनको ३० देखि ४० लिटरसम्म दुलेगौंडाको शुक्ला गण्डकी डेरीमा नियमित दूध बिक्रि गर्छन् । उनले डेरीमा दूध पुर्याए वापत प्रति लिटर ५९ रुपैयाँसम्म हात पार्छन् । खर्च कटाएर मासिक ३०/४० हजार रुपैयाँसम्म उनले जोगाड हुन्छ ।
फाराममा १२ वटा लोकल कुखुराहरु छन् । कहिलेकाहीँ त माउ कुखुरा र चल्लाहरु गरी फाराममा ३ सयसम्म कुखुराहरु हुने गरेको उनले सुनाए ।
हिक्मत, रिठ्ठेपानीमा आउनुभन्दा पहिले २० वर्ष जति पोखरामै बसे । आजभन्दा ७ वर्ष अघि ०७१ को मंसीरदेखि उनले कृषि व्यवसायमा हात हालेको उनले सुनाए । उनका अनुसार त्यहाँ उनले कृषि व्यवसायका लागि त्यतिबेला ८ लाख रुपैयाँ खर्च गरेका छन् ।
त्यस भन्दा पहिले उनी पोखरामै रहेर लोकदोहरी गायन र होलसेल व्यापारमा लागेका थिए । पोखरामा रहँदा उनले २/४ वटा लोकदोहरी रेष्टुेरेन्टहरुमा गीत समेत गाएको उनले बताए । किराना र चाइनिज सामानहरुको होलसेल ब्यापार पनि गरे । पछि, दुईवटै पेशालाई चटक्कै छाडेर कृषि पेशमा हात हालेको हिक्मतले सुनाए ।
उनले २०६० सालभन्दा अघि करिब ३ वटा लोकदोहरीका एल्बमहरु निकाले । ति एल्बमहरुमा करिब १५ वटासम्म आफूले गाएको लोकगीतहरु संग्रहित रहेको उनले सुनाए । ‘मनका वेदना’, ‘हितको परानी’ र ‘बोल्ने बहाना’ आफूले निकालेको लोक गीतका एल्बमहरु रहेको उनले सम्झिए । उनले भने, ‘यि सबै त्यति बेला चलेको लोकगीतका एल्बमहरु हुन् ।
‘लोकदोहरी र व्यापारलाई चटक्कै छाडेर कृषि पेशालाई रोज्नुका कारणबारे उनले भने, ‘पोखरामा रहँदा गायन र होलसेल व्यापार दुबैलाई सँगसँगै अंगालेको थिएँ । तर, दुबैमा असफल बनियो । त्यतिबेला, दुई वटा नाउँमा दुइवटा खुट्टा राखेको थिएँ । विकल्पमा कृषि पेशा अपनाइयो । हाल, कृषिको एउटै नाउँमा दुई खुट्टा राखेको छु । यसमा सफल पनि बनेको छु ।’
कुनैबेला, पोखराका पत्रकार प्रेमनारायण न्यौपानेसँग हिक्मतको सम्बन्ध थियो । प्रेमनारायणसँगको त्यो पेशागत सम्बन्ध चाहीँ गायन पेशा नै थियो ।
हिक्मतले प्रेमनारायणलाई सम्झदैँ भने, ‘प्रेमनारायणसँगको सम्बन्ध गायन पेशाबाटै जोडिएको हो । उनले पहिले लोकगीत गाउँथे । चौतारीको डिलमुनी मुनी, डिलमुनी बसेर, बोलाउने को हो नी’ बोलको गीत प्रेमनारायणको त्यतिबेला चलेको गीत थियो । पछि, पत्रकारितातिर लागे । उनी आदर्श समाजका पत्रकार हुन भनि मलाई राम्ररी थाहा थियो । त्यसैले, तपाईँलाई प्रेमनारायणबारे सोधेको ।’
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१