काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।
नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो। बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र वामदेवबारे प्रस्ताव राखेका हुन् ।ओलीले अहिले भने प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाउ सबै पार्टी नेताहरूले गर्नुपर्ने बैठकमा राखेका थिए । सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर वामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो ।
साथै, पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएका सबै आरोप खारेज गर्ने समेत उनले बताएको नेकपा उच्च स्रोतले बतायो ।ओलीभन्दा अगाडि बोलेका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठकलगत्तै ओलीले गुटको भेला गरेर एकताविरोधी काम गरेको तर आफूहरू एकताको त्यान्द्रो समातेर बसेको प्रचण्डले बैठकमा बताए ।
उनले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको स्रोतको दाबी छ । तर, ओलीले आफू हटेर पुराना नेतालाई प्रधानमन्त्री बनाउनुभन्दा बरु वामदेवजीलाई बनाऔँ भन्ने प्रस्ताव गरेपछि अरू नेताहरू पनि बोलेका थिए ।वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवैको नेतृत्व गर्न नसकेको बताए । अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भए पनि जनतामा आक्रोश बाँकी नै रहेको बताए । साथै, उनले पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । बैठकमा खनालले भने, ‘पार्टीले निर्णय गरेपछि कसैले पनि मान्दिनँ भन्न पाइन्न ।’
उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्ताव आफूले पत्याइनसकेको बताए । तर, यसले ओली प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको भन्ने बुझिएको भन्दै गौतमले यसलाई सकारात्मकरुपमा लिनुपर्ने बैठकमा बताए ।वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा ईश्वर पोखरेल र विष्णु पौडेल दुवैले समर्थन जनाएका छन् । पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्तावको समर्थन गर्दै त्यस विपरीत जान खोजे प्रतिवाद गर्ने चेतावनी दिए । महासचिव पौडेलले ओलीको प्रस्ताव समस्या समाधानको उपाय हुन सक्ने बताए ।
अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले भने प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुने धारणा बैठकमा राखेका छन् । तर, उनले वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव उपयुक्त नभएको धारणा राखेको स्रोतको भनाइ छ ।प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विधि र सिद्धान्तअनुसार चल्नुपर्ने र एकता जोगाउनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१