वालिङमा ७१ यूनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७७
viber_image_2020-04-25_11-19-09

वालिङ, १७ वैशाख । वालिङमा आज एकसय ७१ यूनिट रगत संकलन भएको छ । लकडाउनका बेला रगत अभाव हुन नदिनका लागि वालिङस्थित रेडक्रस सोसाईटीका उपशाखा तथा विभिन्न संघ संस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको रक्तदान शिविरमा एकसय ७१ यूनिट रगत संकलन भएको हो ।

रक्तदान शिविरमा एकसय ५१ पुरुष र २० महिला गरी कूल एकसय ७१ जनाबाट एकसय ७१ यूनिट रगत संकलन गरिएको हो ।लकडाउनका समयमा अत्यावश्यकीय रगतको अभाव हुन नदिई यसको सही ब्यवस्थापनका लागि रक्तदान शिविर सञ्चालन गरेकोमा आयोजकहरुलाई नगर प्रमुख दीलिपप्रताप खाँणले धन्यवाद ज्ञापन गरे । लकडाउनका कारण रक्तदान हुन नसकिरहेको अवस्थामा रगतको अभाव भएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सामाजिक दूरी कायम राख्दै रक्तदान गर्न नगर प्रमुख खाँणले सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width