धनकुटा १५ बैसाख । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहित धनकुटा र हिलेबजारका एक दर्जन बढी घर धनीले घर भाडा मिनाहा गरिदिएका छन् ।
कोराना भाइरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण व्यापार,व्यावसाय बन्दभई व्यावसायीलाई ठूलो आर्थिक संंकट हुँदा धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चोकको घरमा व्यपारीहरुले संचालन गरेको किराना पसल र खाजा घरको भाडा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले मिनाहा गरिदिएका हुन् ।यसैगरी धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरमा रहेको न्यू जेनिस टेर्लसलाई लक डाउनभरको घर भाडा मिनाहरु गरिदिएका छन् ।
यसैगरी धनकुटा हिले बजारका थामबहादुर लिम्बु र हेम कुमारी लिम्बुले तीन वटा घरमा व्यापारी तथा व्यावसायीले संचालन गरेको डाफे मुनाल ग्रिल उद्योग, साथी भाई अफसेट प्रेस,खाजा घर,लगायत चार जना व्यावायीहरुलाई लक डाउन अवधिभरको घर भाडा पुरै मिनाहा गरिदिएका छन् । यस अघिनै धनकुटा नगरपालिका वडा नं. ६ का पूर्ण कृष्ण श्रेष्ठले र धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्री, धनकुटा हिलेकै नीरबहादुर गोङ्देन लगायत एक दर्जन घर धनीहरुले पनि व्यावासयीहरुलाई घर भाडा छुट गरेका छन् ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१