पाेखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विश्वभर फैलिएको महामारी कोभिड १९(कोरोना भाइरस ) नियन्त्रणको लागि तीन तहको सकार विच समन्वय हुन आबश्यक रहेकोको निष्कर्ष निकालेको छ ।
पोखरा नदिपुर स्थित समितिको कार्यालयमा आइतबार भएको छलफलमा बोल्दै समितिका सभापति दीपक कोइरालाले कोभिड १९ नेपालमा रोकथाम र नियन्त्रणको लागि तीन तहको सरकार विच अझै बढि समन्वयको आबश्यकता देखिएको बताउनु भयो ।
सभापति कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोलीसँग यस प्रदेशको बजारको अवस्था, मुल्यबृद्धि बारे छलफल गर्नुभयो । अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा अहिले कुनैपनि सामाग्रीको अभाव नरहेको समितिलाई जानकारी दिनुभयो ।
पौडेलले लकडाउनको अबधीमा कास्की, स्याङ्जा, पर्वत तनहुं लगायतका एक सयभन्दा बढि ठाउँमा अनुगमन गरिएको जानकारी दिनुभयो । टोलीले आपुर्तिलाई सहज बनाउने तर्फ अहिले जोड दिएको बताउनु भयो ।
अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मुल्यबृद्धि गरेर पठाएकोले आटा, खाने तेल,रातोदालमा केही मुल्यबढेको पाइएपनि सामानको अभाव भने नदेखिएको बताउनु भयो । उहाँले औषधीको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिनुभयो ।
यसैविच छलफलमा बोल्दै कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्याँस र खाद्यनमा अभाव नरहेको बताउनु भयो । कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउदै ढकालले कालोबजारी गर्ने तीनजनालाई कास्कीमा मुद्धाचलाएको बताउनु भयो ।जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिलाबल्ब न्यौपानेले तीनतहको सरकार विच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताउनु भयो ।
तीनतहकै सरकारको एउटै निर्णय भए काम गर्न सहज हुने उहाँको भनाई थियो । एक उदाहरण दिदै न्यौपानेले चितवनबाट चल्ला ल्याउन प्रदेश र संघीय सरकारले छुटदिएको छ । कोत्रे आएपछि महानगरले प्रवेश दिदैन चल्ला पुःन चितवन फर्काइदिंदा किसानलाई नोक्सान भएको भन्दै तीन तहको सरकारविच समन्वय हुनुपर्ने जनाउनु भयो ।
समितिका बजारमा चोक्करको मुल्य बढि लिएको, एलपी ग्याँसको मिति सकिएको ग्याँस सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१