पोखरा, ११ वैशाख । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ ।
पदयात्रा क्षेत्रको अन्नपूर्ण गाँउपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एक जनाको बुधबार शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरु भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिएपनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ ।
घटनास्थल नजिकै तीन वटा झोला र चस्मा समेत फेला परेको बताइन्छ । “अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आएका छन् । उनीहरु घटनास्थल पुगेर हेरेपछिमात्र शवको सनाखत हुन्छ ।” प्रहरी निरीक्षक खनालले भने । पहिरोमा हराएका मध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१