मानवसेवा आश्रमलाई मिड टाउनको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७७
midtown 1

पोखरा, ११ वैशाख । लायन्स क्लब अफ पोखरा मिड टाउनले मानवसेवा आश्रम पोखरालाई सहयोग गरेको छ । क्लबले आश्रमलाई आवश्यक सरसफाइका सामग्री सहयोग गरेको हो ।

मातातीर्थ औसीको अवसर पारेर क्लबले सहयोग गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । मानवसेवा आश्रममा आश्रित १ सय १० जना बृद्धबृद्धालाई क्लबले एक छाक खानासमेत खुवाएको छ ।कोरोना भाइरस संक्रमण जोखिमका कारण मुलुक लकडाउन भएपछि क्लबले यस अगाडि मजदुर लगायत विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न लगायतका सामग्री सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width