दमौली । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेशको व्यवस्था मिलाउने निर्णय गरेसँगै आँबुखैरेनी गाउँपालिकाको समन्वयमा कोरसोलिन भाइरस नष्ट गर्ने औषधि (टिएच) बाट सवारी साधन निसङ्क्रमण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले जानकारी दिनुभयो ।
यस कार्यलाई निरन्तरता दिइने जनाउँदै थापाले भन्नुभयो, “गण्डकी प्रदेशमा आउने सबैखालका सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेश दिइनेछ”, यसले प्रदेशलाई सुरक्षित राख्न सहयोग पुग्नेछ ।”
सवारी साधनलाई निसङ्क्रमण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले कोरसोलिन टिएच औषधि गाउँपालिकालाई उपलब्ध गराएको छ । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार पहिलो चरणमा पाँच दिनलाई पुग्ने औषधि गाउँपालिकालाई उपलब्ध गराइएको र थप औषधि पनि उपलब्ध गराइनेछ ।
सवारी साधन निसङ्क्रमण गर्नका लागि आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित युवा क्लबका युवाहरु पनि खटिनेछन् । बन्दाबन्दीका क्रममा पृथ्वी राजमार्ग हुँदै दैनिक २५० भन्दा बढी सवारी साधन गण्डकी प्रदेश भित्रिने गरेका छन् ।
उक्त ठाउँमा गाउँपालिकाले स्वास्थ्य सहायताकक्षसमेत सञ्चालनमा राखेको छ । स्वास्थ्य सहायताकक्षबाट प्रदेश प्रवेश गर्ने सबैको ज्वरो मापन गर्ने कार्य भइरहेको छ । त्यसका लागि गाउँपालिकाले स्वास्थ्य सहायताकक्षमा दुई स्वास्थ्यकर्मी खटाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल मनकामना गणबाट उक्त नाकामा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पुलजीपमा राखिएको स्वास्थ्य सहायताकक्षबाट एक हजार ९०८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाका अनुसार तीमध्ये १५३ महिला र एक हजार ७५५ पुरुष छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१