लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आदर्श टोल बस्ने एक दम्पतीले ५५ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
कोभिड—१९ को नियन्त्रणका लागि लकडाउन गरिएपछि समस्यामा परेका विपन्न परिवारलाई प्रताप रसाईली र रुपा रसाईले आइतबार विहान वडा नं. २७ का वडा सदस्य प्रेम बराल, बुद्धिमाया रिजाल र सरस्वती नेपाली सरुको रोहबरमा वडाका विभिन्न टोलका ५५ घरपरिवारलाई खाद्यान्न राहत बितरण गरेका हुन ।
सरसाईलीले १३ केजी चामल, एक केजी दाल, आधा लिटर तेल र सरसफाइका लागि सावुन बितरण गरेका हुन । लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई राहत पुगोस भनेर खाद्यान्न सहयोग गरेको रसाईली दम्पत्तीले बताए । उनीहरुले आफ्नो र घर नजिकै खुल्ला स्थामा भौतिक दुरी कायम गरी राहत बिरतण गरेको वडा सदस्य प्रेम बरालले जानकारी दिए ।
अमेरिकामा काम गर्दै आएका रसाईली लकडाउनका कारण घरमै रोकिएपछि वडासँगको समन्वयमा सहयोगका लागि जुटेका थिए । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने नेपालीको संस्कृति रहेको उल्लेख गर्दै, वडा सदस्य बरालले रसाईलीले पनि दुःखमा साथ दिएको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१