पाल्पा ७, बैशाख । कृषि एम्बुलेन्स सेवामार्फत तानसेन युवा परिषद्ले आइतबार २ हजार पाँचसय किलो ताजा तरकारी तानसेन बजारमा बिक्री गर्यो । परिषद्का अध्यक्ष गुराँस आत्रेयले तानसेन नगरबासीका लागि घरघरै सेवा दिने अभियान स्वरुप आइतबार कृषि एम्बुलेन्स सेवा आरम्भ भएको सामाजिक सञ्जालबाट जानकारी दिए ।
‘हामी घरघरै आउने योजना बनाएर निस्किएका हौं’ उनले भने –‘शुभारम्भका लागि टुँडिखेलमा पुग्दा उपभोक्ताको लाइनबद्ध उपस्थितिलाई इन्कार गर्न मिलेन ।’ उनले आइतबार टुँडिखेलबाट कृषि एम्बुलेन्समार्फत तरकारी बिक्री सेवा आरम्भ गरिएपनि सोमबारबाट बजारका घरघरमै सेवा पु¥याउने विश्वास दिलाए । आत्रेयले सोमबार चारपाँच वटा गाडिमा तरकारी घरघरै आउने हुँदा घरमै बसी सेवा लिन अनुरोध गरे ।
उनले आफूहरूले प्रयाप्त तरकारी भएको संकलन केन्द्रसँग समन्वय गरेकोले पालैपालो सवैको घरघरमा कृषि एम्बुलेन्स आउने जानकारी दिए । आइतबार काउली, बन्दा र काँक्रा बिक्री गरिएको थियो । प्रतिपोका १०० का दरले बिक्री गरिएको तरकारीको मूल्य काउली किलोको १०, बन्दा १० र काँक्रा ३५ रहेको परिषद्ले जनाएको छ । तानसेन नगरपालिका र मदनपोखरा कृषि सहकारीको सहयोगमा युवा परिषदले कृषि एम्बुलेन्स सेवा आरम्भ गरको हो ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१