राष्ट्रिय संस्कृति सम्मेलन

सम्पादक
जेठ १९, २०७०

१. हाम्रो सामाजिक व्यवहार, धर्म, संस्कार, संस्कृतिलगायतका कुरामा बाह्य प्रभाव बढ्दै गएको बेलामा काठमाडौंमा शुक्रबार राष्ट्रिय संस्कृति सम्मेलनको आयोजना गरिएको छ। त्यो राष्ट्रिय संस्कृति सम्मेलनलाई धेरैले उचित बेलामा गरिएको उचित सम्मेलनका रूपमा लिएका छन्। उनीहरूले राष्ट्रिय संस्कृतिको जगेर्नाका लागि यस्तो सम्मेलनले केही न केही घच्घचाउने अपेक्षा गरेका छन्।

२. सम्मेलनको उद्घाटन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सांस्कृतिक विशेषतालाई मानव  सभ्यताको प्रतीकका रूपमा हेर्र्नुपर्ने कुरा बताउँदै बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक नेपाली नेपाली समाज विविध संस्कृतिले भरिपूर्ण भएको उल्लेख गरे। उनले विविधतामा एकता नै नेपालीको विशेषता भएको पनि बताए।

३.     कुलचन्द्र गौतम स्मृति संस्थाद्वारा आयोजित त्यस सम्मेलनमा विभिन्न क्षेत्रका बौद्धिक व्यक्ति सहभागी छन्। सम्मेलनमा विभिन्न क्षेत्रसँग आबद्ध विद्वानहरूले ४२ वटा अवधारणा पत्र र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ती कार्यपत्र आफैमा एक दस्तावेज हुने आयोजकले बताएका छन्।

४. देशमा अहिले विदेशीको चलखेल बढिरहेको छ। राजनीतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा विदेशी प्रभाव बढिरहेको छ। २१ औं शताब्दीको विश्व ग्रामको बेलामा धेर-थोर यताको उता, उताको यता प्रभाव पर्नुलाई अन्यथा भन्नुहुँदैन। तर हाम्रा नेताहरूमा राष्ट्रिय भावनाको अभाव भएकाले हस्तक्षेप असÞय किसिमले बढेको छ।

५. हाम्रा नीति निर्माता र पथप्रदर्शक अति स्वार्थी र सत्तालोलुप भएका कारणले बाÞय संस्कृति हाम्रो जनजीवनमा नराम्ररी घुस्दैछ। कोही विदेशी संस्कृतिलाई आफ्नो भनेर अपनाउने पनि गर्दछन्। आफ्नो के हो, अर्काको के हो भन्ने उनीहरूले ख्याल गर्दैनन्। आफूले अपनाएको कुरालाई राष्ट्रिय जामा पहिराउने प्रयास यहाँ धेरै भएका छन्।

६.     देशमा विद्यमान राजनीतिक अस्थिरताका कारण आफ्नो संस्कृतिको संरक्षण र सर्म्बर्द्धन गर्नु एक चुनौती भएको छ। तर यतातिर धेरैको ध्यान गएको छैन। कुलचन्द्र गौतम स्मृति संस्थाले महत्त्वपूर्ण क्षेत्रमा विद्वत् वर्गको ध्यान आकषिर्त गरेको छ। निश्चय नै यो एक प्रशंसनीय कार्य हो।

७. विद्वत् वर्गबाट तैयार गरिएका अवधारणा पत्र  र  कार्यपत्रले निश्चय नै संस्कृतिको क्षेत्रमा सबैलाई खबरदारी गर्ने छ गर्ने छ र आफ्नो भन्ने कुरामा गर्न गर्न प्रेरित गर्ने छ। एउटा सम्मेलनले मात्र धेरै काम गर्नेछ भनी अपेक्षा गर्नुहुँदैन। यस्तै सम्मेलन फेरि-फेरि आयोजना गरी घच्घचाउने काम गर्ने गरिरहनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width