काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ । दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ । यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् । वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१