रुपन्देहीमा वालिका वलात्कृत

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
arrested1.2e16d0ba.fill-650×500

बुटवल, । कोरोना भाईरसका कारण मुलुक आक्रान्त बनिरहेका वेला रुपन्देहीको सैनामैनामा एक बालिका बलात्कृत भएकी छन् ।

स्थानीय १५  वर्षीया   वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना थाहापाएपछि परिवारले प्रहरीमा तत्काल उजुरी दिएका थिए । उजुरीको आधारमा सैनामैना वडा न.१ का ३७ वर्षीय मानबहादुर छहारीलाई इलाका प्रहरी कार्यालय रन्यौराले पक्राउ गरेको हो । बालिकालाई ललाई फकाई गरी बलात्कार गरेको आफन्तले बताएका छन् ।

बालिकालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टाराईले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width