नयाँ वर्ष मनाउन जाँदा सुन, गहना र पैसा चोरी   

रासस
वैशाख ४, २०७७
lock

Representative Image

बझाङ । नयाँ वर्ष मनाउन लकडाउनका बेला जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी भएको छ ।

कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याएको देखेपछि परियारका छिमेकीले फोनमार्फत खबर गरेका थिए । कोठामा आउँदा सामान चोरी भएको देखिएको उहाँले बताउनुभयो । सदरमुकाम चैनपुरको समता स्कुलअगाडि रहेको उहाँको कोठालगायत उहाँका छिमेकी वीरु ओखेडाको घरमा पनि ताल्चा फुटाएर सुनका गहना, टिभी र नगद पैसा चोरी भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width