बागलुङमा लकडाउन उल्लंघन गर्ने प्रहरी कार्वाहीमा 

राजेशचन्द्र राजभण्डारी
चैत्र २४, २०७६
baglung

सरकारले काेराेना भाइरस काेभिट १९ लाई लक्षित गरि लगाएको लकडाउन फितलो भएपछि यतिबेला  कडा रूपमा प्रस्तुत भएको छ । बागलुङ जिल्लामा प्रहरी एक्सनमा उत्रिनुका साथै लकडाउन उलंघन गर्नेहरू धमाधम कार्वाहीमा पर्न थालेका छन् ।

सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्न थालेकाे भन्दै  आइतबार देखि जिल्ला प्रहरी कार्यालय योजनाबद्द रूपमा अगाडि बढेपछि  लकडाउन उलंघन गर्ने प्रहरीको कार्वाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्ट आफै लकडाउन उल्लघंन गरि घरबाट बाहिर निस्केका ब्यक्तिहरूलाइ पक्राउ गर्दै प्रहरी भ्यानमा राख्ने अभियान शुरूवात गरेका छन् । प्रहरी लकडाउन उल्लघंन गर्ने एक दर्जन ब्यक्तिहरू लाई बिहान देखि पक्राउ गरि धाैलागिरि बहुमुखी क्याम्पसकाे प्रांगनमा सम्झाइ बुझाइ छाेडेकाे  प्रहरीले जनाएको छ ।

आइसाेलेसनमा घर घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घर बाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले बताए । याे अभियान लकडाउन अबधिभर चल्ने भट्टले बताए ।

जिल्ला प्रहरी कार्यालयले सरकारले घाेषणा गरेको लकडाउन अबधिभर घरमै सुरक्षित बस्न तरकारी लगायतका सामाग्री समेत खरिद गर्न ननिस्कन एक दिन पहिलै सुचना जारी गर्दासमेत वास्ता नगरे पछि प्रहरी कार्वाहीमा उत्रिएका हुन् । आज बागलुङ नगरपालिका वडा नम्बर १ र २ बाट पक्राउ परेका हुन् ।

बागलुङ सदरमुकाम लगाएको लकडाउन लाइ उलंघन गर्दै बालुङका मान्छेहरू सडकमा छरपस्ट माेटर साइकल स्कुटी र गाडी लिएर हिड्न थालेपछि यसको जनस्तरबाटै बिराेध भएको थियो ।काेराेना भाइरस काेभिट १९ बाट अहिलेसम्म बागलुङ जिल्लामा संक्रमित पुष्टि भइ अहिले धाैलागिरि अन्चल अस्पताल बागलुङको आइसाेलेसन वार्डमा बसेर उपचार गरिरहेका छन् ।

नेपालकाे ७७ जिल्ला मध्य बागलुङ लाई सरकारले  काेराेनाकाे उच्च जाेखिम भएको जिल्लामा राखेपछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले गरेको कामलाई जिल्ला बासिले सकारात्मक रूपमा लिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width