लमजुङ । सरकारले लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत दिने घोषणा संगै देशभर अहिले राहत बितरण सुरु भएको छ । कोरोना भाईरस बाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे सरकारले देशभर लकडाउन घोषणा गरेको हो । वडा स्थरमा आपुर्ति समिति गठन गरि बितरण गर्न लागिएको राहत राईनासमा कार्यरत १० जना मजदुरले भने अस्विकार गरेका छन ।
हुनेखानेहरु समेत राहतको लाईनमा बसेर हात थापिरहेको दैनिक ज्यालादारी मजदुरहरुले भने राहत लिन अस्विकार गरेका हुन । उनिहरुले राहत भन्दा पनि आवश्यक ब्यबस्था मिलाएर खरिद गर्ने प्रबन्ध मिलाईदिन सरकारलाई आग्रह गरेका छन । मुलुक संकटमा परेको बेला आफुहरुले पनि योगदान गर्नुपर्ने भन्दै अहिले आफुहरुले मजदुरी बाट कमाएको रकम खर्च गर्ने उनिहरुको भनाई छ ।
राईनास नगरपालिका वडा नं १ मा रहेका एक खानेपानी आयोजनामा कार्यरत मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । रोल्पा, बागलुङ र पाल्पा घर भएका उनिहरुले अहिले आफुहरु आफ्नै खर्चले धान्न सक्ने अबस्थामा रहेकोले राहत लिन आबस्यक नभएको बताएपछि वडाले उनिहरुको लागि बितरण गर्न लागेको राहत फिर्ता हुने भएको हो । राईनास नगरपालिका वडा नं १ मा ४१ जना दैनिक ज्यालादारी मजदुरको नाम सार्बजनिक गरिएको थियो भने राईनास नगरपालिका भित्र १३३६ घरपरिबारले राहत पाउने भएका छन ।
यसअघि नगरपालिकाले गठन गरेको आपुर्ति समितिको सिफारीसका आधारमा प्रत्येक वडा बाट आएको सिफारीसलाई समावेश गरेर घरधुरी र्निधारण गरिएको छ । राईनासले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दश लाख र पालिकामा खर्च हुन नसकेका योजनाहरुको रकमान्तर हुने गरि १८ लाख बिनियोजन गरि राहत दिने र्निणय भएको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।
लकडाउनका कारण नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगि तथा अशत्तलाई एम्वुलेन्स सेवा पालिकाले नै ब्यबस्था मिलाउने र्निणय पनि भएको छ ।
राहतको लागि राईनास नगरपालिकाको वडा नं १ बाट ४१, वडा नं २ बाट १०८, वडा नं ३ वाट १६०, वडा नं ४ बाट १५०, वडा नं ५ बाट ८५, वडा नं ६ बाट ३५२, वडा नं ७ बाट १३८, वडा नं ८ बाट७१, वडा नं ९ बाट १०९ र वडा नं १० बाट ४९ घरधुरी सिफारीसमा परेका छन् । अन्यत्र बाट मजदुरीका लागि राईनासमा आएको मजदुरको संख्या १०३ रहेको छ । सबैलाई पालिकाले ३० किलो चामल,दाल ३ किलो, नुन २ प्याकेट,खानेतेल २ लिटर र चिनी २ किलो बितरण गर्ने जनाइएको छ ।
पालिकाले चैत्र २२ गते बाट नै वडाहरुमा बितरणको ब्यबस्था मिलाएको मेयर सिंह बहादुर थापाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१