अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा शनिवार भएका आकस्मिक रक्तदान कार्यक्रममा कुल एक सय ७ युनिट रगत संकलन भएको छ ।
पालिकाको वडा नं. १, २, ३ स्थित नेपाल रेडक्रस सोसाइटी ढिकुरपोखरी उपशाखाको आयोजनामा कार्यक्रम भएको हो ।जसअन्तर्गत नागडाँडा चोक, माछापुच्छ्रे क्याम्पस गेट, लक्ष्मीदेउराली, पाउँदुर घुम्ती, लुम्ले तथा ढावामा कार्यक्रम भएको थियो।
कार्यक्रम पहिलो रक्तदाता गाउँपालिका अध्यक्ष युवराज कुँवरलाई उपशाखा सभापति मुक्तिराम भण्डारीले ब्याड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रमका समन्वयकर्ता रमेशराज भण्डारीले जानकारी दिए।
ति कार्यक्रमहरुमा सर्पोट नेपाल, पाउँदुरकोट युवा क्लव तथा रेडक्रस उपशाखा लुम्लेले सघाएका थिए ।क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रमका बीच रक्तसंचार केन्द्र प्रमुख अर्जन ज्ञवाली, रेडक्रसकर्मी नवराज भण्डारी तथा रेडक्रस ढिकुरपोखरीका कोषाध्यक्ष बाबुराम भण्डारी लगायतले रक्तदानको महत्व माथि प्रकाश पारेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१