लायन्स क्लव अफ पोखरा भिजिटले राहत वितरण गरेको छ । देश लकडाउनमा भईरहेको अवस्थामा पोखरा महानगरपालिका को वडा नं ५ मा भाडामा बस्ने मजदुरको लागी जीवनयापनमा समस्या भन्ने समाचार सार्वजनिक भएपछि क्लवका खेलकुद निर्देशक राजु पौडेलको अगुवाईमा वडा सदस्य अन्जु क्षेत्रीको रोहवरमा नमुना आदर्श आमा समुहलाई खाधान्न वितरणको जिम्मा दिएको क्लवका सचिव सुरेन्द्र लामिछानेले बताउनु भयो ।
क्लवको तर्फबाट हामिले सहयोग गरेता पनि यस महान कार्यमा क्लवका निश्चित साथिको मुख्य योगदान रहेको क्लवका प्रथम उपाध्यक्ष कमल पौडेलले जानकारी दिनु भएको छ। यस अभियानमा मुख्य अभियन्ता राजु पौडेल सहित रामहरि वाग्ले, सुरेन्द्र लामिछाने, महेन्द्र सापकोटा, सुमित पौडेल, धर्म शर्मा, रमेश ढुङगाना, पोमिल लामिछानेले खाधान्न सहयोग गर्नु भएको थियो । खाधान्नमा चामल १५० केजी, अण्डा ८४० वटा, केराउ २५ केजी, सोयाबिन ३५पोका, बिस्कुट १२० पुरिया, सेनेटाइजर १२ पिस, नून १०पोका, तेल ५ लिटर, चिउरा ७ केजि रहेको थियो ।
नमुना टोल विकास समुहका अध्यक्ष तारा आचार्यले आफ्नो टोलमा आएर सहयोग गर्नुका साथै वितरणको जिम्मा दिएकोमा क्लव परिवारलाई धन्यवाद दिदैँ अवस्था हेरी वितरण गर्ने बताउनु भयो। वडा नं ५ का वडा सदस्य अन्जु क्षेत्रीले लायन्स क्लव अफ पोखरा भिजिटलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१