हेमजा, १९ चैत । पोखरा–२५, हेमजामा बुधवार एक जना घाइते भएका छन् । हेमजा कुँवरथर निवासी बीरबहादुर कुँवर घाइते भएका हुन्। मकै लगाउनका लागि हेमजाको मिलनचोक स्थित अस्थाई प्रहरी पोष्टसँग ट्याक्टरको अनुमति लिन पुगेका कुँवर प्रहरीको कुटाइबाट घाइते भएको जनाइएको छ।
कोरोना भाइरसका कारण लकडाउनको समयमा किन बाहिर निस्केको, ट्याक्टर लगाएरै किन मकै लगाउन पर्यो भन्दै पोष्टमा कार्यरत ४ जना प्रहरीले आफूलाई कुटपिट गरेको कुँवरले बताए। हदकडी लगाएर खुट्टामा डोरीले बाँधी मरनासन्न हुने गरी कुटपिट गरेको उनको भनाई छ।
उनको नाक, हात, मुख लगायत शरीरका विभिन्न अङगमा चोट लागेको छ। स्थानीय हेमजा पोलिक्निीक (हाल लियाँ मेडिकल हल)मा उपचार पछि घाइते कुँवर यतिवेला घरमा आराम गरिरहेका छन्।
यता प्रहरीले भने कुँवरले लकडाउनको अवज्ञा गर्दै चोकमा पटकपटक तथानाम बोल्दा हिद्दा घटना घटेको जनाएको छ। मकै लगाउने वहानामा ट्याक्टरको कुरा अगाडि सारी कुँवरले पटकपटक प्रहरीलाई जिस्काएको पोष्टका प्रमुख, प्रहरी सहायक निरीक्षक भुमीप्रसाद शर्माले जनाए।
स्थानीयले भने घटनाको विरोध गरेका छन्। उनीहरुले घटनाकै समयमा पोष्ट अगाडि उपस्थित भएर प्रहरीले ज्याजती गरेको भन्दै विरोघ जनाए। लकडाउनको समयमा मकै लगाउन ट्याक्टर अनुमति माग्न प्रहरीसँग जानु के गलत हो भन्दै उनीहरुले दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
वडा सदस्य दलबहादुर कुँवरले स्थानीय किसान माथि प्रहरीले ज्याजती गरेको प्रतिक्रिया दिएका छन् । घटना बारे बुझ्न खोज्दा आफूलाई पनि पोष्टमा कार्यरत ट्राफिक प्रहरी टीकाराम कडेल र प्रहरी जवान भरत खड्काले दुरवचन बोलेको भन्दै कुँवरले विरोध समेत जनाए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१