सुर्खेत, १२ चैत । नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’को पालना गर्न सरकारले निर्देशन दिनाका साथै त्यसको कार्यान्वयनका लागि सबैमा अपिल गरेको छ ।
यद्यपि सरकारले गरेको ‘लकडाउन’ को पहिलो दिनको निर्देशन उल्लङ्घन भने मुलुकका धेरै ठाउँमा भयो । त्यसबाट कर्णाली प्रदेश पनि अछुतो रहेन । नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्मका लागि उर्दी गरेको ‘लकडाउन’ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढी अवज्ञा भएको प्रहरीले जनाएको छ । मङ्गलबार ‘लकडाउन’ उल्लङ्घन गर्ने यहाँका ३३५ सवारी साधन र चार व्यक्ति प्रहरी नियन्त्रणमा परे ।
नेपाल प्रहरीले चैत ११ देखि १८ गतेसम्म कोरोना प्रकोपबाट बच्न नेपाल सरकारले मुलुकभर गरेको ‘लकडाउन’ बारे सूचना गरिरहँदा पनि नागरिक र सवारी साधनले त्यति वास्ता नगरेकाले नियन्त्रणमा लिन बाध्य भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । “प्रहरी जोखिम मोलेर नागरिकलाई सडकबाट सूचना, सुझाव र सुरक्षा दिन्छ । त्यसलाई सुनेर लागू गर्नुको साटो धेरै रमिते बन्छन्”, प्रहरी निरीक्षक रायमाझीले भने “घरमै बस्नुहोस् भन्छौँ तर फुत्तफुत्त सडकको रमिता हेर्न आउँछन् ।” नागरिकले आफ्ना लागि प्रहरी र स्वास्थ्यकर्मीको भूमिका बढी सक्रिय र महत्वपूर्ण छ भन्ने बुझ्दा पनि त्यसको बेवास्ता गरेको उनले दुखेसो पोखे । “हामीलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीमा घरमै बस्ने अवसर छैन । दायित्व पूरा गर्न सडकमा बाध्य भएर गएका छौँ र जानुपर्छ नै”, उनले भने “तर घरमै बस्नेहरु बेलाबेलामा रमिते बनेर सडकमा आउँदा नागरिककै सुरक्षार्थ खटिएको प्रहरीलाई थप सास्ती हुन्छ । यस्तो अवस्थामा हाम्रो कहर कसले बुझिदिने ?”
सरकारले नागरिककै जीउधन सुरक्षाका लागि गरेको ‘लकडाउन’ को पालना गर्नु हामी सबैको कर्तव्य भएको जनाउदै उनले सुर्खेतमा नागरिकले सरकारले गरेको निर्देशनको पालना नगर्दा ‘लकडाउन’को पहिलो दिनमा मोटरसाइकल २६७, ट्रक ३९, जिप÷हाइस÷फोर्स ३१, बस १९, अटो ७ र ट्र्याक्टर २ गरी जम्मा ३३५ सवारी लिइएको बताए । आज पनि माइकिङबाट नागरिकलाई सूचना र सुझाव दिइसकिएकाले कसैले अटेर गरे सिधै लिएर कारवाही गर्ने उहाँको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१