चलचित्र पत्रकार संघ कास्कीद्वारा प्रहरीलाई सेनिटाइजर सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
90049637_226962218425102_4175380773525782528_n

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराए ।

गिरी सहित संघका सह—सचिव सन्तोष बस्याल, सदस्य प्रेम थापा, सदस्य आशिष पुरीको सहभागितामा ८ लिटर सेनिटाइजर वितरण गरिएको हो ।

प्राप्त सेनिटाइजरलाई ट्राफिक प्रहरी, बैदाम प्रहरी र जिल्ला प्रहरी कार्यालयमै प्रयोग गरिने प्रवत्ता राजकुमार केसीले बताए । चलचित्र पत्रकार संघ कास्कीले सह्रानिय काम गरेको बताउँदै प्रवत्ता केसीले महामारीको रुपमा फैलिएको कोरोनाका रोकथामका लागि सेनिटाइजर प्रयोग आफुहरुले आवश्यक मात्रमा प्रयोग गर्ने बताए ।

“काठमाडौंमा कोरोनाको संक्रमण भेटिएसँगै पोखरामा समेत नआउला भन्न सकिदैन, त्यसैले उच्च सर्तकताका साथ घरमै बस्न आम नागरिकलाई अनुरोध गर्छौ”—उनले भने ।

सेनिटाइजर होममेड सेनिटाइजर फार्मेसिस्ट शान्ती उदासको प्रशिक्षणको आधारमा तयार गरिएको गिरीले बताए । चलचित्र पत्रकार संघले मनोरञ्जनात्मक कार्यक्रमलाई मात्र ध्यानमा नराखी सामाजका हरेक गतिविधिमा सहयोग गर्ने गिरीको प्रतिबद्धता थियो ।

उनले कोरोना जस्तो महामारीमा संघबाट सेनिटाइजर सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । सेनिटाइजरको सहि प्रयोग गरी जोखिमबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन प्रहरीलाई उनको आग्रह थियो ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width