पोखरा, ११ चैत । रुपा गाउँपालिकाले २० शैयाको सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको छ।गाउँपालिकाले आफ्नो इलाका भित्रका बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कम्तिमा १४ दिनसम्म राख्नका लागि २० सिट क्षमता भएको सुबिधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
जसमा विदेशबाट फर्किएका आफ्ना नागरिकहरुलाई नियमित स्वास्थ्य परीक्षण गराउने र संक्रमित भइहालेमा थप संक्रमण फैलिन नदिने गाउँपालिकाको तयारी छ । जसमा क्वारेन्टाइनमा बस्ने नागरिकका लागि फ्रि वाईफाई, शुद्ध पिउँने पानी र टेलिभिजन जडान गरिएको छ भने खानपान र औषधी उपचारको व्यवस्था पनि गाउँपालिका आफैँले गर्ने छ।
हामीले रुपाको देउरालीमा २० सिट क्षमताको क्वारेन्टाइन निर्माण गरेका छौँ, वैदेशिक रोजगारीबाट फर्किएका गाउँपालिकावासी नागरिकलाई १४ दिनसम्म अनिवार्य राख्छौँ । यसको सम्पूर्ण खर्च गाउँपालिका आफैले गर्छ, जसमा कोरोना नभएको पुष्टीभएसँगै उहाँहरुलाई घर पठाउँछौँ ।’स् अध्यक्ष ओझाले भने ।
रुपा गाउँपालिका ५ देउरालीमा रहेको विश्वशान्ति माध्यामिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बस्न पहिलो दिनमै १३ जना गाउँपालिकावासी आइपुगेका छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा भारत, साउदी, दुबई, मलेसिया, कतार लगाएतका देशबाट फर्किएका नागरिक रहेको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिएअध्यक्ष ओझाका अनुसार, गाउँपालिकामा रहेका ५ वटै स्वास्थ्य चौकीहरु अब २४ सै घण्टा खुल्ला हुनेछन् । जहाँ पर्याप्त मात्रामा ओषधीहरु राखिएका छन् भने गाउँबासीलाई निशुल्क रुपमा स्वास्थ्य चौकी आउन र थप उपचारकालागि अन्य अस्पताल लानुपर्ने भएमा पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१