कैलालीमा विस्फोट,नरबहादुरको मृत्यु

एजेन्सी
चैत्र ९, २०७६
Kailali-district

काठमाण्डौ, ९ चैत । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको हो । उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width