गार्डेन कप फुटवलको आय–व्यय सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७६
Garden Football Club

पोखरा, ४ चैत । गार्डेन युवा क्लब फुलबारीले गत फागुनको १२ देखि १७ गते सम्म आयोजना गरेको दोश्रो गार्डेन कप फुटवल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । प्रतियोगिताबाट ८ लाख १३ हजार रुपैयाँ बचत भएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

प्रतियोगिताबाट कूल १४ लाख ५८ हजार ३ सय ९० रुपैयाँ आम्दानी भएको क्लबले पत्रकार सम्मेलनमा बताएको छ । जसमध्ये ६ लाख ४५ हजार ३ सय ९० खर्च तथा ८ लाख १३ हजार रुपैयाँ बचत भएको बचत भएको क्लवका कोषाध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले प्रतियोगितालाई वडास्तरीय बजेटबाट १ लाख ५० हजार सहयोग गरेको बताए । उनले आगामी संस्करणका प्रतियोगितामा वडाले ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस्तै, क्लबका अध्यक्ष विनोद गुरुङले बचत भएको उक्त रकमले अर्को वर्षदेखि ११ ए साइड फुटवल प्रतियोगिता आयोजना गर्ने र केही रकम सामाजिक कार्यमा खर्च गर्ने बताए । प्रतियोगितामा २९ क्लवले प्रतिस्पर्धा गरेको थियो ।

पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा ६ दिनसम्म संचालन गरिएको प्रतियोगिताको बिजेता संगम फुटबल क्लबलाई १ लाख २५ हजार र उपविजेता मेरो नेपाल युवा क्लबलाई ७० हजार नगदसहित मेडल ट्रफी प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width