पोखरा । गण्डकी विकास बैंक लि.ले पोखरा–३१, बेगनासस्थित आनन्दज्योति माविलाई फर्निचर सामग्री सहयोग गरेको छ । बैंकको संस्थागत उत्तरदायित्वअन्तर्गत वितरित सामानमा १५ जनासम्म बस्न मिल्ने ५ थान सोफा, २ थान अफिस टेवल तथा कार्पेट लगायत छन् ।
बैंक अध्यक्ष सुशील गौचनको टोलीले ती सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरेका हुन् । गौचनले विद्यालयलाई आवश्यक फर्निचर सामाग्री सहयोग गर्न पाउँदा खुसी लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदाय लाभान्वित भइरहँदा बैंक स्वयंको गरिमा बढेको महसुस भएको जनाए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक नेपालभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधा विशिष्टकृत रहेको दाबी गरे ।
विद्यालय प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए ।विद्यालय अध्यक्ष रुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रम संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका थिए । कार्यक्रममा बैंक सञ्चालक किशोर ओझाको समेत उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१